संसद्मा रघुजी पन्तको व्यंग्य: दाल केको गहतको, बजेट कस्को महतको



काठमाडौं,जेठ २५ । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेट दिशाहिन र लक्ष्यहिन भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथि आफ्नो धारणा राख्दै पन्तले कवितामार्फत् बजेटप्रति व्यंग्य गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतलाई ‘दाल केको गहतको, बजेट कस्को महतको’ भनेका छन् । उनले बजेटमा कुनै कमिटमेन्ट नभएको भन्दै हेर्दा सबैथोक, खोज्दाखेरि केही पनि नभएको प्रतिक्रिया दिएका हुन् ।

सांसद पन्तले आर्थिक सूचांकहरू सबै नकारात्मक रहेको बताए। पुँजी निर्माणमा पैंसाभन्दा पनि कमिटमेन्ट महत्वपूर्ण हुने बताए। बजेटले जनतालाई छुन नसकेको उनको भनाइ छ।

यस्तो छ सांसद् पन्तले वाचन गरेको कविता:-

दालको केको गहतको
बजेट कस्को महतको

धन्याढ्याको जुँगामा ताउ
गरिबले चाहि हावा खाउ

हुनेखाने मस्तराम
हुँदाखाने ठण्डाराम

बजेट आयो बजेट आयो
अन्तिममा जनता जिल्ला राम ।

प्रतिक्रिया दिनुहोस्