धरानमा डेंगुले भयावह रुप लिँदै, ७ जनाको मृत्यु

काठमाडौं,साउन १०। डेंगुका संक्रमणका कारण धरानमा ७ जनाको ज्यान गएको छ । गत जेठ महिनादेखि धरानमा डेंगु संक्रमणले भयावय रुप लिएको थियो।
धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताकाअनुसार अहिलेसम्म ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ। यो कुल सङ्ख्यामध्ये ५८ प्रतिशत हो ।
उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोए’ अभियानलाई नै प्रभावकारी उपायको रुपमा लिएर काम अगाडि बढाइरहेको मेहताले जानकारी दिए ।
मेहताले धरानका उपमहानगरपालिका प्रमुख मेयर हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको बताए । धरानमा डेंगु संक्रमणले सबैभन्दा बढी ११, १५, १७ र १८ नम्बर वडा प्रभावित देखिएको छ ।