ढिकुरेमा रोकिएका सवारीसाधन सञ्चालनमा, पीडित पक्षसँग वार्ता जारी



नुवाकोट,कात्तिक ३ । नुवाकोटको लिखु गाउँपालिका–१, ढिकुरेमा रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन्। बट्टारमा भएको सवारी दुर्घटनालाई लिएर रोकिएका सवारीसाधन मंगलबार साँझ खुलाइएको हो।

विदुर नगरपालिका–४, बट्टारमा सोमबार विद्युतीय गाडीको ठक्करबाट स्कुटर चालक नवराज दाहालको निधन भएपछि पीडित पक्षले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले दुर्घटनामा संलग्नमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। घटनाबारे पीडित पक्ष र सम्बन्धित पक्षबीच वार्ता भने जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्