नुवाकोट पञ्चकन्यामा एक वृद्ध मृत भेटिए

नुवाकोट,साउन १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा एक वृद्ध मृत भेटिएका छन् ।
पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कठेरीका वर्ष ७० का कृष्णबहादुर अधिकारी मृत भेटिएका हुन् ।
घरमा एक्लै बस्दै आएका अधिकारीको हत्या भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । समाचार तयार पार्दै गर्दा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा घटनाको अनुसन्धान भैरहेको पञ्चकन्या प्रहरीले जनाएको छ ।