मकवानपुरमा सर्पको टोकाइबाट बालिकाको मृत्यु



मकवानपुर,साउन १८। मकवानपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया–७ अधेरीकी १२ वर्षीया करिष्मा लो रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो ।

सर्पको टोकाइबाट गम्भीर बनेकी उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्