बैतडीमा ‘छाउपडी र महिनावारी’ बारे जनचेतना मूलक नाटक प्रदर्शनी



काठमाडौं,साउन १९ । महालक्ष्मी विकास बैंकिङ्ग सेवासंगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छ । पछिल्लो समय महालक्ष्मीले देशका विभिन्न ठाउँमा समुदाय स्तरीय कार्यक्रम गर्दै आएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ जोड दिदै आइरहेको छ । सोहि अन्तर्गत बैंकले सुदुरपश्चिम प्रदेशको बैतडीमा छाउपडी र महिनाबारी बारे जनचेतना मुलक कार्यक्रम गरेको छ ।

बैंकले बैतडीको डिलाशैनी गाउँपालिकामा छाउपडी र महिनावारी स्वास्थ्य स्वच्छतम ब्यवस्थापन परियोजना अन्र्तगत उक्त कार्यक्रम गरेको हो । सुदुरपश्चिम र कर्णाली प्रदेशमा रहेको छाउपडी र महिनावारी सम्बन्धी रहेको गलत भ्रमलाई चिर्ने विभिन्न नाटक तथा जनचेतना मुलक कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

छाउपडी प्रथाका कारण समाजमा देखा परेका विभिन्न विकृतिहरू लगायतको विषयलाई समेटर नाटक प्रदर्शनी गरिएको थियो । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहँदै आएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्