टोखामा जनचेतनामूलक चलचित्र ‘सरी मम’ प्रदर्शन



काठमाडौं,साउन २० । टोखा नगरपालिकाको गङगबुमा रहेको इन्फिनिटी मुभीको हलमा ‘सरी मम’ प्रदर्शन गरिएको छ । शनिबार बिहान एक कार्यक्रमका बीच सो जनचेतनामूलक चलचित्र प्रदर्शन गरिएको हो । एनएफआई क्रियसन प्रालिको प्रस्तुति रहेको शैक्षिक जनचेतनामुलक चलचित्र ‘सरी मम’ दुर्ब्यसन बिरुद्धको चलचित्र रहेको आयोजकले जनाएका छन् ।

धापासी जेसीज र टोखा नगरपालिकाको आयोजनामा रहेको प्रदर्शनीमा लागुऔषधको कुलतको बिषयमा जनचेतना जगाउने उद्देश्य चलचित्रमा देखाइएको थियोे ।

कार्यक्रममा सभापति धापासी जेसीज २०२३ का अध्यक्ष जेसी सुरज अधिकारी, प्रमुख अथिति तथा नगर उप–प्रमुख मुरारी तामाङ, विशिष्ट अथिति नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सेन बिकाश मानन्धर, विशेष अथिति टोखा नगरपालिका वडा अध्यक्ष लगायत विभिन्न विद्यालय तथा कलेजका शिक्षक,विद्यार्थी लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्