काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिदा बाबु-छोरीको मृत्यु



काठमाडौं, साउन २१ । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुरिदा बाबु–छोरीको मृत्यु भएको छ।

शनिबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोमा पुरिदा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन्।

खुट्टामा गम्भीर चोट लागेको उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। छोरा भने सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्