नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ
काठमाण्डौ,भदौ ५ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई शीतल निवासमा शपथ गराएका हुन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले हिजो सोमवार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको हो। संसदीय सुनुवाइ समितिले हिजो नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।
वि.सं २०१६ असोज २० मा डोटीमा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा अहिले काठमाण्डौको कुलेश्वरमा बस्दै पाएका छन्।

