ललिता निवास प्रकरण: जग्गा फिर्ता हुने आधार बन्यो
काठमाडौं,भदौ ६ । सिआइबीका प्रमुख किरण वज्राचार्यले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान वस्तुगत र तथ्यपरक रूपमा भएको बताउँदै हिनामिना भएको सरकारी जग्गा पुनः राज्यका नाममा फिर्ता हुने आधार तय भएको दाबी गरे ।
वज्राचार्यले भने“ललिता निवासबारे यसअघि पनि सिआइबीले नै अनुसन्धान गरेको विषय हो। उक्त प्रतिवेदन सिआइबीमा नै फिर्ता भएको अवस्थामा पुनः सुरु भएकाले अनुसन्धानलाई टुङ्गोमा पुर्याउनुपर्ने चुनौती थियो, जुन अहिले पूरा भएको छ।”
उनले अनुसन्धान प्रतिवेदनमा कतिपय थप प्रमाण फेला परेको, कतिपय जग्गा फिर्ता हुने चरणमा रहेको र अभियुक्तहरूसहित प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएकाले व्यक्तिका नाममा पुगेको सो सरकारी जग्गा फिर्ता हुने आधार बनेको बताए ।

