त्रिशूली नदीमा बस खस्यो : १५ जना घाइतेको उद्धार
धादिङ,भदौ ६ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई छहराबाट त्रिशूली नदीमा सडकबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
साथै दुर्घटना र क्षतिका बारेमा थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा सवार ८ जनाको निधन भएको बताइए पनि आधिकारिक पुष्टि हुन बाकी छ ।

