झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुल्यो
काठमाडौं,भदौ ६ । सुनकाण्डको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबार(आज)बाट सञ्चालन भएको छ ।
छानबिनका लागि आयोग गठन गर्ने दलहरूबीच सहमति भएपछि बैठक चलेको हो । एमालेले छानबिन आयोग बनाउने माग गरेर सदन अवरोध गर्दै आएको थियो ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतिनिधिसभालाई सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने दलीय सहमतिको जानकारी गराउनुभएको थियो ।

