सुदूरपश्चिममा गौरा पर्वको दुई दिन सार्वजनिक बिदा



काठमाडौं,भदौ ६ । सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सी (भदौ ७ र ८ गते) सार्वजनिक बिदा दिइएको छ । यो प्रदेशमा उल्लासपूर्वक मनाइने गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो । 

भदौ ७ गते गौरा पर्वको अवसरमा नेपाल सरकारले नै बिदा दिएको छ । भदौ ८ गते शुक्रबार भने प्रदेश सरकारले बिदा दिएको छ । 

यो प्रदेशमा गौरा धुमधामका साथ मनाइने गरेकाले प्रदेश सरकारको तर्फबाट थप एक दिन ८ गते सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विश्वदीप बेस्राले जानकारी दिए।  

प्रतिक्रिया दिनुहोस्