काँग्रेस नेता कार्कीको निधन
काठमाडौं,भदौ ७ । नेपाली काँग्रेसका नेता एवम् पूर्व प्रदेश सांसद डा. राजाराम कार्कीको निधन भएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा बागमती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको बुधवार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको कार्कीका छोरा डा. अमितसिंह कार्कीले जानकारी दिएका हुन् । धादिङको नीलकण्ठ नगरपालिका निवासी कार्की काँग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व मन्त्रीसमेत हुन। स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।
स्वर्गीय कार्कीको पार्थिव शरीरलाई आज भदौ ७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलlका लागि राखिने काँग्रेस धादिङमा सभापति सांसद रामनाथ अधिकारीले जानकारी दिए ।

