गौरा पर्वमा प्रधानमन्त्री प्रचण्ड र देउवाको नृत्य
काठमाडौं,भदौ ७ । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेता सहभागी भएका छन् ।
गौरा पर्वको अवसरमा आयोजित टुँडिखेलको कार्यक्रममा नेकपा (एमाले) नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायत शीर्ष नेताले नृत्य गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व टुँडिखेलमा मनाइएको हो। गौरापर्वको मुख्य दिन आज गौरा मनाउन शीर्ष नेता टुडिँखेल पुगेका थिए ।

