अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन
काठमाडौं,भदौ ९ । अग्रवाल सेवा केन्द्रको १७ औं वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिलकुमार धानुका, सुबोधकुमार गाडिया र रमेशकुमार अग्रवाल चयन भए । यस्तै मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल र राम अवतार टाईवाला निर्वाचित भए ।
१२ सदस्यीय पदाधिकारीको महासचिवमा पङ्कज जलान, कोशाध्यक्ष अरुण डोकानीयाँ र सचिवमा भरतकुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया चयन भए भने सहकोषाध्यक्ष ऋषिकुमार अग्रवाल छानिए ।
अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । खासगरी प्राकृतिक विपतमा नागरिकको सेवामा लामो समयदेखि काम गर्दै आएको नवनिर्वाचित महासचिव पङ्कज जलानले बताए । समाजले भूकम्प प्रभावित जिल्लामा भवन निर्माणमा उल्लेख्य योगदान गरेको थियो ।
निवर्तमान अध्यक्ष राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्नका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।

