विदेशमा सिकेको सीप, अनुभव र पुँजी नेपालको विकासमा लगाउन अर्थमन्त्रीको आग्रह



क्यानडा,भदौ १० । अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । 

क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँग छलफल तथा अन्तर्क्रिया गर्नेक्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् । अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्र लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताए । 

यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे । उनले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थी पर्याप्त सूचना बिना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराएका थिए । 

अर्थमन्त्री डा. महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औं विश्व सम्मेलनमा भाग लिन २० अगष्ट २०२३ मा क्यानाडा आएका थिए । उनि भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया दिनुहोस्