कानुन समितिका सभापतिमा विमला सुवेदी चयन
काठमाडौं,भदौ ११ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिमा विमला सुवेदी चयन भएकी छिन । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सभापतिमा सुवेदीलाई चयन गरेको हो ।
नेकपा (माओवादी केन्द्र)को तर्फबाट कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिका लागि सुवेदीको मनोनयन दर्ता भएको थियो ।
माओवादीको केन्द्रको भागमा पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानव अधिकार समिति परेको छ ।

