भारतीय मालवाहक गाडी रोक लगाउन नेपाल ट्रक यातायात व्यवसायी महासंघको माग



काठमाडौं,भदौ ११ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरुमा रोक लगाउन माग गरेका हुन् ।

उनीहरुले निर्वाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए । त्यस्तै उनीहरुले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग गरेका छन् । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने बताए ।

ट्रक यातायातमा ४७ वटा मुख्यमुख्य रुटहरुको भाडादर निर्धारण गरेको र त्यसको प्रभावकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्