जनैपूर्णिमा र गाईजात्रा नजिकिँदा असनमा देखियो यस्तो रौनक



काठमाडौं,भदौ १३ । जनैपूर्णिमा र गाईजात्रा पर्व नजिकिएसँगै काठमाडौंको असन बजारमा सामान किन्ने ग्राहकको भीड लाग्न थालेको छ । आगामी बिहीवार परेको जनैपूर्णिमा र गाईजात्रा पर्वका लागि मंगलवार बजारमा सामान किन्ने ग्राहकको भीड देखिएको हो । 

ग्राहकको चहलपहल बढेसँगै मंगलवार असन बजारमा रौनक देखिएको थियो । मंगलवार कतिपय ग्राहक डोरो, जनै किन्दै थिए । कतिपय ग्राहक भने राखी किन्दै गरेको पनि भेटिए । यही दिन रक्षाबन्धन पर्व पनि मनाइन्छ । विशेष गरी तराई क्षेत्रमा मनाइने यो पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउन थालिएको हो । 

बजारमा गाईजात्राका लागि शृंगारका सामान किन्ने ग्राहकहरू पनि थिए । जनैपूर्णिमाकै अवसरमा बजारमा क्वाँती पनि विक्रीमा राखिएको छ । जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँती खाने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस्