मेलम्चीको पानी मनसुन सकिएको डेढ महीनापछि



काठमाडौं,भदौ १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनाको पानी मनसुन सकिएको डेढ महीनापछि सुचारु गरिने बताएका छन् ।

प्रतिनिधिसभा संसदमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताए ।

‘मेलम्ची खानेपानी आयोजना श्रावण (साउन) महीनामा आएको बाढीले पुनः हेड वर्क्स पुर्नुका साथै मेलम्ची बजारदेखि हेड वर्क्ससम्मको मार्गमा क्षति पुगेको छ,’ उनले भने, ‘मनसुन रोकिएको डेढ महीनाभित्र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गरी मेलम्चीको पानी वितरणलाई सुचारु गरिने जानकारी नियमित गरिनेछ ।’ 

प्रतिक्रिया दिनुहोस्