विद्यालय जान्छु भनी हिडेकी नुवाकोट दुप्चेश्वरकी रन्जिता बेपत्ता



नुवाकोट,भदौ १३ । विद्यालय जान्छु भनी हिडेकी नुवाकोट दुप्चेश्वरकी रन्जिता थापा बेपत्ता भएकी छिन् ।

बेपत्ता युवती दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ बच्छला माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत वर्ष १६ की छात्रा हुन् ।

बेपत्ता युवतीकी बुवा रामशरण थापाका अनुसार बिहान ९ बजे छोरी रन्जिता विद्यालय नगई काठमाडौं तर्फ जाने बसमा चढेको पत्ता लागेको बताए । जो कोहीले खोजी कार्यमा मद्दत गर्न अनुरोध गर्दै बुबा रामशरणले भने-‘छोरी हामी पर्खिरहेका छौ।छिटो घर फर्क।’

युवतीले प्रयोग गर्दै आएको फोन नम्बर अहिले अफ रहेको समेत बुबा रामशरणले बताए । आफ्नो गाउँ ठाउँमा युवती ओसारपसार समेत हुने भएकालेे खोजी कार्य तिव्र पारिएको थापा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्