महरा पुत्र राहुललाई हिरासत राख्न अनुमतिका लागि अदालत लगियो,  संगठित अपराधमा अनुसन्धान हुने 



काठमाडौं,भदौ १४ । सुन तस्करको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई  संगठित अपराधमा अनुसन्धान संलग्न रहेको भन्दै अनुसन्धान हुने भएको छ ।

हिरासतमा राखेर अनुसन्धान गर्नु पर्ने भएको भन्दै अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ । उनी विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका थिए

उनिमाथि गत वर्ष भेपमा लुकाएर सुन ल्याएउने  चिनियाँ व्यापारीलाई छुटाउन सहयोग गरेकव आरोप छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उक्त सामान रोकिएपछि चिनियाँ ब्यापारीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलसँग सामान छुटाउन सहयोग मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्