म्यादीका युवा संस्कृति जोगाउन सक्रिय



म्याग्दी,भदौ १४ । यहाँका युवा तीन सय वर्षभन्दा पुरानो संस्कृति जोगाउन सक्रिय भएका छन्। नेवारी समुदायको मौलिक कला संस्कृतिलाई संरक्षण गर्न र नयाँ पुस्तामा पुस्तान्तरणका लागि बेनीका युवाले सक्रियता देखाएका हुन्।

युवाले अहिले बेनीमा बर्खे नाच अन्तर्गतका विभिन्न नाच प्रदर्शन गरिरहेका छन्। बर्खे नाच नेवारी समुदायको मौलिक कलासंस्कृति हो। बर्खे नाच देखाउने सबै कलाकार १३ वर्षदेखि २४ वर्षको उमेर समूहका छन्।

१२ देखि १५ वर्ष भित्रकाले मृदङ्ग, मादल, -याली र ढोलकी बजाइरहेका छन्। एक जना युवाले तीन सय वर्षदेखि प्रयोग गर्दै आएको खप्पर (मुखौटो) लगाएर बाजाको तालमा लाखेनाच देखाउँछन्। एक जना अन्दाजी नौ वर्षका र अर्का १७ वर्षका युवा पनि मुख्य लाखेसँगै नाचिरहेका देखिन्थे। 

नेवारी कला, संस्कृतिलाई समाजको पहिचान सम्झेर नाच्न र बजाउन अग्रसर भएको नेवारी समुदायका युवा जेनेस श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्