मंगलबार कतिमा हुदैंछ सुनको कारोबार ?



काठमाडौं,भदौ २६ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोहि मूल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्