बिस हजार टन चिनी आयात अनुुमति



काठमाडौं,भदौ २८ । सरकारले ५० प्रतिशत भन्सार छुुटमा २० हजार टन चिनी आयातको अनुुमति दिएको छ । चाडपर्वका बेला बजारमा अभाव हुुन नदिनका लागि अर्थ भन्त्रालयले चिनी आयात गर्न अनुुमति दिएको हो । 

अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०-१० हजार टनका दरले चिनी आयात अनुमति प्रदान गरेको हो । साल्ट र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न अर्थ मन्त्रालयले अनुमति प्रदान गरेको हो । हाल चिनी आयात गर्दा भन्सार शुल्क ३० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नु पर्छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६० हजार टन चिनी आयात गर्न अर्थ मन्त्रालयमा सहमति माग गरेको थियो । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले चिनी आउन समय लाग्ने हुुँदा चाडबाडलाई ध्यानमा राखी गरी तत्कालका लागि २० हजार टन चिनी आयात गर्न मन्त्रीस्तरीय निर्णयबाट अनुमति प्रदान भएको जानकारी दिए  । 

साल्ट टे«डिङ कर्पाेरेसनले ५० हजार र खाद्य व्यवस्थाबाट १० हजार गरी ६० हजार टन चिनी आयात गर्न अनुमति माग आएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले चिनी आयात गर्न धेरै ढिलो गरी अनुमति दिएको कर्पाेरेसनले जनाएको छ ।

छोटो प्रक्रिया मार्फत भारतबाट मात्रै एक महिनाभित्रमा चिनी आयात गर्न कर्पाेरेसनले जनाएको छ । बजार हस्तक्षेपको जिम्मेवारी पाएका साल्ट र खाद्य व्यापारले तीन वर्षदेखि चिनी आयात गर्न सरकारबाट अनुमति पाएका थिएनन् । 

यसले गर्दा तीन वर्षदेखि साल्टले आमउपभोक्तालाई खुद्रा मूल्यमा एकदेखि दुई किलोका दरले चिनी बिक्री गर्दै आएको थियो भने खाद्य व्यवस्थाले तीन वर्षदेखि चिनी बिक्री गर्न नै पाएको थिएन । चिनीका लागि अनुमति नपाउँदा बर्सेनि सरकारले चाडबाडको समयमा आयोजना गर्दै आएको सुपथ मूल्य पसलबाट चिनीको बिक्री हुन छाडेको थियो । यसले गर्दा सीमित व्यापारीले मिलेमतो गरी चिनीको मूल्य आफूखुसी बढाएर उपभोक्तालाई महँगीको भार थोपर्दै आएका थिए ।

चाडपर्वका बेला बजारमा चिनीको खपत धेरै हुने हुुँदा निजी उद्योग व्यवसायीले उपभोक्ता ठग्ने हुुँदा बजार मूूल्य नियन्त्रण गर्न सरकारी निकायबाट सुुपथ मूूल्यमा वितरण हुने गर्छ । 

प्रतिक्रिया दिनुहोस्