राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठको दर्शन र पूजाआराधना



काठमाडौं,कात्तिक २ । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न नौ शक्तिपीठको दर्शन तथा पूजाआराधना गर्नुभएको छ।

राष्ट्रपति पौडेलले आज काठमाडौंस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रायणी शक्तिपीठमा पुगेर पूजाआराधना गर्नुभएको हो।

दर्शन तथा पूजाआराधनाका क्रममा राष्ट्रपति पौडेलले सम्बन्धित शक्तिपीठका पुजारीबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो।

सो अवसरमा राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेल पनि सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्