इन्फ्लुएन्जाबाट सावधान रहन चिकित्सकको सुझाव



नेपालगन्ज,भदौ २९ । बाँकेमा गत केही दिनयता इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्दै गएपछि सो रोग समुदायमा फैलिएकाले सावधान रहन चिकित्सकले सुझाव दिएका छन् ।  

भेरी अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजङ्ग शाहले अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा अधिकांशमा इन्फ्लुएन्जा पुष्टि भएको जानकारी दिए । 

उनले गत दुई सातादेखि इन्फ्लुएन्जा देखिने क्रम बढेको जनाउँदै उपचारका लागि आएका बिरामीमध्येबाट आशङ्का लागेकाहरुको रगत परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको बताए । 

डा. शाहले भने, ‘साप्ताहिक रुपमा पठाउने गरिएको रगत नमुनाको परीक्षणमा इन्फ्लुएन्जा देखिनेक्रम बढ्दैगएको छ । यसले समुदायस्तरमै सो रोग फैलिएको पुष्टि पनि गरेको छ ।’ भेरी अस्पतालका प्रवक्ता डा. सङ्केतकुमार रिसालका अनुसार इन्फ्लुएन्जाको सङ्क्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिने बताए ।  

प्रतिक्रिया दिनुहोस्