अध्यक्ष ओलीद्वारा कोहलपुर–सुर्खेत सडकको अवलोकन



कालिकोट,असोज १० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लुम्विनी प्रदेशको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको सडक अवलोकन गरेका छन् । 

एमाले कर्णाली प्रदेश अधिवेशनको उदघाटन गर्न सुर्खेत आउने क्रममा कोहलपुर–सुर्खेत सडकको अनुगमन गरेका हुन् । एमाले कर्णाली प्रदेश अध्यक्ष बिनोद शाहका अनुसार अध्यक्ष ओली सिधै सुर्खेत आउने कार्यक्रम भए पनि उनले सडकको अवस्था बुझ्ने भनेर नेपालगन्ज भएर आएको बताए ।

उनी सडक मार्ग हुँदै सर्खेत आएका छन् । अध्यक्ष ओलीले कर्णाली प्रदेश अधिवेशनको उदघाटन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्