एसियाली खेलकुदः क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग खेल्दै, को-को भारतिय टिममा ?



काठमाडौं,असोज १५ । १९ औं एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेटअन्तर्गत क्वाटरफाइनलमा भारतलाई नेपालले प्रतिद्वन्दीको रुपमा पाएको छ । प्रतियोगिताको क्वाटरफाइनलमा मंगलबार बिहान ७ बजेदेखि नेपाल र भारत आमने–सामने हुनेछन्।

टि २० आईमा नेपालले भारतको पहिलो पटक सामना गर्न लागेको हो । एक महिनाअघि एसिया कप क्रिकेट पहिलोपटक भारतसँग ओडीआई खेलेको थियो। उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।

विश्वकपको कारण भारतले एसियाली खेल्न दोस्रो रोजाईको खेलाडी पठाएको छ। सो टोलीमा रुतुराज गाइकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिन्कु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिङ्टन सुन्दर, सहबाज अहमद, रवी बिसनोई, अभेष खान, अर्सदीप सिंह, मुकेश कुमार, शिवम दुबे, प्रभसिमरन सिंह र आकाश दीप छन्। गाइकवाडलाई भारतले कप्तानको जिम्मेवारी दिएर पठाएको छ। उनले भारतका लागि चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर कुल एक सय ६ रन बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्