एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह निर्वाचित



सुर्खेत,असोज १५ । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनले तीन सय ६९ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिष्पर्धी मिनबहादुर शाहीले दुई सय ७ मत ल्याए । अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायले ४ मत ल्याए । यस्तै, उपाध्यक्षमा टेकराज पछाई विजयी भएका छन् । 

उनले तीन सय ४२ मत ल्याए । हाँका प्रतिष्पर्धी लालबहादुर महतराले एक सय ७६ मत ल्याए । सचिवमा धु्रवकुमार शाहीले चार सय ६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी रुद्र शाहीले एक सय ६९ मत ल्याएर पराजित भए । 

यस्तै, उपसचिवमा रविन्द्रराज शर्मा र रमेशबहादुर शाही विजयी भएका छन् । शर्माले दुई सय ६६ मत ल्याएर विजयी भए भने शाहीले दुई सय ९९ मत ल्याएर विजयी भए । 

बुधबारदेखि जारी अधिवेशन आइतबार मतदान भएको थियो । नेतृत्व चयनका लागि सर्वसम्मत सहमति हुन नसकेपछि निर्वाचन भएको हो । निर्वाचनमा छ सय ९ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि सदस्यहरुको केही बेरमा मतगणना सुरु गरिने जनाइएको छ । पदाधिकारीसहित ८१ पदमा निर्वाचन भएको थियो । ४८ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्