पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग खेल्ने



काठमाडौं,असोज १६ । १९ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

टि–२० क्रिकेटमा पहिलो पटक भारतसँग खेल्न लागेको नेपालले भोलि क्वाटरफाइनल खेल्न लागेको हो ।  

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध र दोस्रो खेलमा माल्दिभ्सविरुद्ध जित हासिल गरेको थियो । मंगोलियाविरुद्ध नेपालले  कीर्तिमानी जित हासिल गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्