कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार



काठमाडौं,असोज १६ । यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गरेका छन् । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । 

बिबिसीले जनाए अनुसार दुई वैज्ञानिकले विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त पारेका बेला एमआरएनए कोभिड खोप निर्माणका लागि बाटो खोलिदिएका थिए । 

प्रयोगात्मक अवस्थाको खोपको अनुसन्धानलाई पूर्णता दिँदै खोप निर्माण गरेर विश्वका जनताको जिउ ज्यानको रक्षाका खातिर वितरण गरिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । खोपका लागि आवश्यक गुणसहितको सो एमआरएनए प्रविधि पछिल्लो समय क्यान्सरलगायतका अन्य कडा रोगको खोपका लागि समेत प्रयोग गर्न सकिने सम्भावनालाई ध्यानमा राखी थप अनुसन्धान चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्