नेपाल भारतसँग २३ रनले पराजित



काठमाडौँ,असोज १६ । एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए ।

सन्दीप जोरा २९ रन, कुशल भुर्तेल २८ रन, करण केसी १८ रनमा अविजित रहेका थिए। भारतका स्पिनर रवि विश्रोई र आवेश खानले समान ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्