स्थानीय तहमा बाहिरिँदै विकृति



काठमाडौं,असोज १७ । स्थानीय तहमा नागरिकको प्रत्यक्ष पहुँच हुने भएकाले स्थानीय तहको उजुरीसँगै विकृति पनि बाहिर आउन थालेका छन् । सङ्घीय र प्रदेश सरकारमा भन्दा स्थानीय सरकारमा नागरिकको दैनिक आवतजावत धेरै हुने भएकाले स्थानीय तहमा भएका सबै प्रकारका कामबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी धेरै पर्ने गरेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार गत आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सङ्घ र प्रदेश सरकारमा भन्दा स्थानीय तहमा नागरिकको प्रत्यक्ष पहुँच हुने भएकाले अख्तियारमा बढी उजुरी परेको उल्लेख छ  ।  

स्थानीय शासनविज्ञ डा. श्याम भुर्तेलले स्थानीय तहको सङ्ख्या धेरै भएकाले उजुरीको सङ्ख्या पनि धेरै हुनु स्वाभाविक भएको बताए । 

उनका अनुसार स्थानीय तहमा फरक फरक राजनीतिक पार्टीको प्रतिनिधित्व हुने भएकाले पालिकाका प्रमुख र उपप्रमुखबिच आन्तरिक द्वन्द्वका कारण अख्तियारमा उजुरी धेरै पर्ने गरेको, स्थानीय तहमा जस्तो असन्तुष्टि र द्वन्द्व सङ्घ तथा प्रदेश सरकारमा पनि छ तर त्यहाँको असन्तुष्टि बाहिर आएर अख्तियारसम्म कमै मात्र उजुरी पर्छ । 

प्रतिक्रिया दिनुहोस्