मुगुमा आमासहित तीन छोराछोरीको सामूहिक हत्या



मुगु,कात्तिक १० । मुगुमा आमासहित तीन छोराछोरीको सामूहिक हत्या भएको छ । मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको हो ।

२८ वर्षीया श्रीदेवी बोहोरा, उनका  ११ वर्षीय छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहरको हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । श्रीदेवीका श्रीमान् वैदेशिक रोजगारीमा छन् । 

शुक्रबार बिहान ११ बजेतिर घटनाको खबर पाएपछि डिएसपी थापा टोली लिएर घटनास्थल गएका थिए । उनले चारैजनाको घाँटी रेटेर हत्या गरेको पाइएको बताए । स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्