दसैँमा बढी भाडा लिए प्रहरीमा खबर गर्न नुवाकोट प्रहरीको अनुरोध



नुवाकोट,असोज ३१ — छहरे–टोखा सडक खण्ड लगायतका क्षेत्रकासार्वजनिक सवारीसाधनले दसैँको समयमा तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले यात्रुहरूलाई अनुरोध गरेको छ।

प्रहरीले बढी भाडा असुली भएको पाइएमा यात्रुहरूलाई सम्बन्धित प्रहरी कार्यालय वा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार अस्थायी प्रहरी पोस्ट गुर्जेको सम्पर्क नम्बर ९८५१२७८०१५, अस्थायी प्रहरी पोस्ट छहरेको ९८५१२८३२६८, ढिकुरे प्रहरी चौकीको ९८५१२८३२६३, इलाका प्रहरी कार्यालय खरानीटारको ९८५१२८७१०० र जिल्ला ट्राफिक प्रहरी कार्यालयको ९८५१३१४२०५ मा सम्पर्क गर्न सकिनेछ।

त्यस्तै, आकस्मिक अवस्थामा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर समेत जानकारी गराउन सकिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्