दोस्रो जितसहित नेपालले तय गर्यो सेमिफाइनलको यात्रा



काठमाडौं,कात्तिक १४ । नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । आज (कात्तिक १४ गते) भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित सेमिफाइनलको यात्रा तय गरेको हो ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ ।नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।

मलेसियाले दिएको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो। नेपालका कुशल मल्लले ६५ र कुशल भुर्तेलले ४३ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्