अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी अस्पतालमा सारियो



काठमाडौं,माघ १९ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला आरोपमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा सारिएको छ ।

बिहीकार महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरीलाई अस्पतालले ग्राण्डीमा रिफर गरेपछि त्यहाँ सारिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले एक अधिकृतले बताए । उनीसँगै पक्राउ परेका अजितनारायण सिंहलाई पनि ग्राण्डीमा रिफर गरिएको छ । अरुण चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।

बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहको निर्णय र प्रतिवेदनको आधारमा १० रोपनी जग्गा निजीकरण भएको सीआइबीको निष्कर्ष छ । यस प्रकरणमा सीजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीसहित चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई पनि सीआईबीले बिहीबार पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्