स्कारपियो दुर्घटनामा चालकको मृत्यु



ओखलढुंगा,फागुन ३ । ओखलढुंगामा स्कारपियो दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्कतर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिएर जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ घर भएका २६ वर्षीय गणेश रसाईली रहेका छन् ।

बा.२० च ४८६२ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय फिट तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा रसाईलीको घट्नास्थलमै मृत्यु भएको हो ।

साथै सोही दुर्घटनामा घाइते भएका गाडीमा सवार ५ जनामध्ये २ जनाको सामुदायिक मिसन अस्पतालमा उपचारको भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्