अस्ट्रेलिया प्रहरीद्वारा कोकिन तस्करीमा संलग्न चार अमेरिकी पक्राउ



क्यानबेरा,बैशाख ९ । अस्ट्रेलियाका अधिकारीहरूले कथित कोकिन तस्करी सिन्डिकेटको सम्बन्धमा चार अमेरिकी नागरिकलाई पक्राउ गरेका छन् ।

अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) ले अप्रिलको सुरुमा लस एन्जलेसबाट मेलबर्नको उडानमा ३० किलो कोकिन फेला परेपछि चार कथित अन्तर्राष्ट्रिय लागूऔषध तस्करहरू अमेरिकाका ५५ वर्षीय पुरुष र २२, २४ र ३५ वर्षका तीन महिला संयुक्त राज्य अमेरिकाबाट पक्राउ गरेको आइतबार घोषणा गरेको छ ।

एएफपीले महिलाहरू अप्रिल १२ मा कोकिन लिएर मेलबर्न आइपुगेपछि अमेरिकी अधिकारीहरूको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई रोकेको थियो ।

४१ वर्षीया चौथो महिलालाई लस एन्जलसमा आफ्नो सामानमा लुकाएर थप १० किलो कोकिनसहित विमान चढ्न खोजेको आरोपमा पक्राउ गरिएको थियो । सिन्डिकेटको योजना र सुपरीवेक्षण गरेको आरोप लागेका ५५ वर्षीय व्यक्ति सोही दिन ती महिलाभन्दा अघि लस एन्जलसबाट छुट्टै उडानमा मेलबर्न आएका थिए र अप्रिल १६ मा पक्राउ परेका थिए ।

एएफपी जासुसी उपरीक्षक सिमोन बुचरले ३० किलो कोकिनको अनुमानित मूल्य मूल्य करिब एक करोड अस्ट्रेलियाली डलर (६४ लाख अमेरिकी डलर) रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्