एनपीएल : क्वालिफायर–२ मा पुग्न काठमाडौँ र चितवनबीच प्रतिस्पर्धा



काठमाडौं,मंसिर २ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज हुने एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ बजे सुरु हुने खेलमा जित निकाल्ने टोलीले क्वालिफायर–२ मा स्थान बनाउनेछ। उक्त खेलमा विजेता टोलीले क्वालिफायर–१ मा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। आजको खेलमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

लिग चरणमा काठमाडौँले सात खेलमध्ये चारमा जित र तीनमा हार बेहोरेको थियो। यस्तै, चितवनले तीन खेलमा जित, तीनमा हार र एक खेल वर्षाका कारण बराबरी अङ्कमा टुङ्ग्याएको थियो।

लिग चरणमा भएको पहिलो भेटमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको थियो। पहिलो खेलको हारको बदला लिँदै क्वालिफायर–२ मा पुग्ने लक्ष्यसहित चितवन मैदान उत्रनेछ भने करण केसीको कप्तानीमा रहेको काठमाडौँ पुरानै जितलाई निरन्तरता दिने योजनामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्