सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ६ हजार ३ सय रुपैयाँले घट्यो
काठमाडौं,मंसिर २ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर २ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। मंगलबारको तुलनामा घटेर बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

