हेटौंडामा दोश्रो बृहत खेलकुद महोत्सव शुरु



मकवानपुर,फागुन २ । मकवानपुरको हेटौंडामा आजबाट वडा नम्बर-४ स्तरीय दोश्रो खेलकुद महोत्सव सुरु भएको छ ।

हेटौंडा-४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिती हेटौंडा-४ को समन्वयमा महोत्सवको आयोजना भएको हो ।
कार्यक्रमलाई बागमती प्रदेशका प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले बालबालिकाहरुनै भविष्यमा देशको नाम राख्ने ब्यक्ति भएकोले विधालय स्तरीय खेलको ठूलो महत्त्व रहेको बताए ।

कार्यक्रममा आयोजक वडा नम्बर-४ का वडाध्यक्ष नवीन सिग्देलले वडाले भौतिक पुर्वाधार विकासलाई मात्र विकासको सुचकमा नराखी हरेक क्षेत्रलाई अघि बढाउने काममा ध्यान दिएको बताए । कार्यक्रमा वड नम्बर ५ र १० का वडाध्यक्षहरुको पनि सहभागिता थियो । महोत्सवमा भलिबल, फुटबल, क्रीकेट , बास्केटबल सहित एथलेटिक्सका खेलपनि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्