कुम्भेश्वर माविले गर्यो खेलाडीलाई सम्मान



नुवाकोट,फागुन ३ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयले खेलाडीलाई सम्पन्न गरेको छ ।

हालै ‘नेपाल ओकिनावान गोजुरियो कराते-डो संघको आयोजनामा सम्पन्न राष्ट्रिय तथा प्रथम वडा स्तरीय खुल्ला कराते प्रतियोगिता-२०८१’ मा पदक बिजेता खेलाडीलाई विद्यालयले सम्मान गरेको हो ।

कराते अङ्कित टिसर्ट प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक माधब ठकुरीले सम्मान गरेका हुन् । प्रतियोगितामा सो विद्यालयका खेलाडीले ६ स्वर्ण, ५ रजत, र ४ कास्य पदक जित्दै टिम च्याम्पियनको ऐतिहासिक उपाधी हात पारेका थिए । यसका प्रतिनिधित्व खेलाडी तथा प्रशिक्षक शेखर थपलियाले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्