विश्वकप खो खोका सहभागी सम्मानित

ललितपुर,फागुन ३ । भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खो खो प्रतियोगिता रजत पदक विजेता बागमती प्रदेशका तीन खेलाडी, म्यानेजर, प्रशिक्षक र सेफ डी मिसनलाई सम्मानित गरिएको छ ।
शनिबार ललितपुर खेलकुद परिषद्मा ललितपुर खो खो सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा परिषद्का जिल्ला अध्यक्ष विनोद महर्जनले खेलाडी लगायतलाई सम्मान गरेका थिए ।
रजत पदक विजेता तथा उत्कृष्ट खेलाडी राजन बल, गणेश विक, अनिशा गोले, म्यानेजर शङ्कर महर्जन र टोली नेता सुशिल व्यञ्जनकार, राष्ट्रिय पुरुष प्रशिक्षक विक्कीराज महर्जन र राष्ट्रिय महिला प्रशिक्षक लक्ष्मीनारायण वैद्यलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा ललितपुर खेलकुद परिषद्का अध्यक्ष विनोद महर्जन, नेपाल खो खो सङ्घको केन्द्रीय अध्यक्ष प्रदीप महर्जन र ललितपुर खो खो संघका उपाध्यक्ष मङ्गलवीर व्यञ्जनकार, सचिव अर्चना महर्जन र जिल्ला अध्यक्ष सरोज महर्जनले खो खो खेलको विकासको लागि राज्यले उचित पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ललितपुर जिल्ला अन्तर्गत निर्वाचित ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका खो खो संघका पदाधिकारीलाई पनि सम्मान गरिएको थियो ।