नुवाकोटमा आज शनिबार विभिन्न स्थानमा ४ घण्टा बिजुली काटिने

नुवाकोट,फागुन १७ । नुवाकोटमा आज शनिबार विभिन्न स्थानसम्म ४ घण्टा बिजुली काटिने भएको छ ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार विद्युत आपूर्ति बन्द हुने स्थानहरुमा विदुर नगरपालिकाको पिपलटार, आंपघारी ईनारपाटी, गंगटे र माझिटार क्षेत्र रहेको छ ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत त्रिशुली सबस्टेशनको फिडर नम्बर ६ बाट वितरण भएका लाईनहरुको बुस कटिङ तथा मर्मत संभार कार्य गर्नुपर्ने भएकोले विद्युत आपुर्ति बन्द हुने प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।
विद्युत कटौती अवधिमा पर्न जाने असुविधाप्रति ग्राहकवर्गसंग वितरण केन्द्रले क्षमा मागेको छ । विद्युत कटौती अवधि विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म रहेपनि तोकिएको समय अगावै काम सम्पन्न भएमा, काम सकिए पश्चात लाईन चालु हुने वितरण केन्द्रले जनाएको छ।
