माइक्रो बस दुर्घटना हुँदा मनकामना दर्शन गरेर फर्किएका जनाको मृत्यु, १८ घाइते



गोरखा,फागुन १९ । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गर्दा शहिदलखन गाउँपालिका वडा नम्बर ३ को कान्टारमा अनटेष्ट इभि दुर्घटनामा परेको छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको र १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिए ।

दुर्घटनामा परेर मृत्यु हुने चितवन खैरेनी गाउँपालिका–२ टाँसी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जी रहेका छन् । 

माइक्रो सडकबाट करिब १५ मिटर तल खसेको थियो । प्रहरीका अनुसार घाइते हुनेहरूमा ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीय सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार, ५० वर्षीय हरिकला परियार, २९ वर्षीय गीता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीय सन्ध्या परियार, २५ वर्षीय रुपा परियार, २० वर्षीय सञ्चिता आले, ३५ वर्षीय प्रमीला राना रहेका छन् ।

घाइतेहरूको आँवुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । माइक्रो दुर्घटनामा परे लगतै स्थानीय र प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । 

प्रतिक्रिया दिनुहोस्