बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन २० । मंगलबार सुनको मूल्य बढेको छ । २ दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको हो ।
यस दिन छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। सोमबार, सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । त्यस्तै, चाँदी तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।