बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,फागुन २२ । बिहीबार पनि सुनको मूल्य बढेको छ । यस दिन सुन मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको हो।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भएको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्